हाम्रो गन्तब्य टाढा छ ।

देश बनाउनुभन्दा पहिला आफुलाई बनाऔ। खाना, योगा, धैर्य , नयाँखोज ,आत्मबिश्वास...आदिलाई मन्त्र बनाऔ ।
बगोस् पसिना माटोमा, के दिन सक्दैन माटोले ? मात्र रोप्ने प्रयास गरौ । आज हजारौं यस्ता चिउरीबास पर्खिरहेकाछन् केबल तपाईंलाई ।

कविता


→♥♥ माया डिजिटलमा ♥♥←

 फर्मेट गर्न पाए हुन्थ्यो  सारै पोल्छ मुटु

कस्तो भाइरस छिरेछ चल्नै छाड्यो मुटु

 

इन्स्टल गर भनिन छिटै एक्सेप्ट गरे मैले

एकै छिनमै ओपन हुन्थ्यो ढिलो गर्थी कहिले

 

अरु प्रोग्राम ओल्ड लग्यो लेटेस्ट भै उनी

एकदिन ओपन नगर्दा रुने गर्थिन  उनी  

 

अपलोड गर भनी मैले पनि मुटु ब्राउज गरे

उनको सपोर्ट नपाउदा म त ह्यांग परे

 

डिजाइन गर्यौ धेरै स्लाइड गर्यौ सपना

व्यर्थै सेभ गरे अपुरो भो प्रिन्ट गर्ने चाहाना

 

 उनको मुटु कपि गरे मतिर पेस्ट गर्न सकिन

पेस्ट भएका उनका साथ डिलिट गर्न सकिन

 

साइन अप गरे मेरै होला भनेर

लग इन भएन पासवर्ड रंग भनेर

 

च्याट गर्नु भनि आइडी दिए तिनलाई

ओके भनिन तिनले एड गरिनछ मलाइ

 

 प्ले त हुन्थिन डाउनलोड गर्न सकिन

कोसिस गरिरहे प्ले गर्न कहिले छदिन

 

याहूमा खोजे तर उनि फेस्बूकमा गइछ

मलाइ बोल्ने बोलि अर्कैलाई कमेन्ट दिइछ

 

अचेल खालि छ मेरा याहूका इनबक्सहरु

सेन्ड पनि किन गर्नु पुरानो भो इनबक्सहरु

 

कहा छन् उनि कि गृह स्टार्ट गर्दै होलिन

गूगलमा नि पाइएन सायद माया शेयर गर्दै होलिन  

दशरथ रुम्दली
खोटाङ लामिडाँडा

मेरो दोमनको पारीणाम र शिक्षा 

धेरै पढ्छु 
पढे पछी के ?
बरु ब्यापार गर्छु 
के गर्ने ? लगानी खोइ ? 
ऋण लिनु पर्छ, जोखिम मोल्नु पर्छ .
अस्त ब्यस्त देश,लगानी उठ्दैन 
अर्थहिन जोखिम 

गायक बन्छु, हाय! आउँदैन चामल 
गीतकार बन्छु, दामै छैन,
फेरी सजिलो पनि कहाँ छ र ? 
कला पनि हुनुपर्‍यो। 
समाज सेवा गर्छु, आँफै महादेव.
यूवा एक बनाउछु,बिकास गर्छु 
मेरो कुरा कस्ले सुन्ने ,मान्ने ? 

धिक्कार जिन्दगी तर  
आशबादी हुनुपर्छ रे ,जन्मनु पनि एक जित हो रे। 
आज जे गरेका छन् मान्छे ले नै हो 
सबैको सुत्र हेर्छु 
व्यबहारमा नऊतारे के अर्थ ?
फेरी नयाँ काम होइन 
अनुशरण को के अर्थ ?

अयोग्य रछु 
सबर्त्र प्रतिकूल 
बरु जान्छु बिदेश 
के काम ?
जे मिल्छ, भाग्यमा भए राम्रै मिल्छ रे । 
थोरै लगानी, थोरै कामाइ सानो जोखिम

आट गरे 
तर छुट्नु पर्‍यो 
परिवारको आँखा रसाए 
पहिलोचोटी मुटु हल्लियो , उम्लियो
पिडा नै जिन्दगी सम्झौत गरे
मातृभूमि छोडे,सम्झे मेरो अब कोही छैन
म नयाँ जन्म लिदै छु 
नयाँ ठाउँ मन खुसी,तर बेनाम 
सुन्यतामा, बिलाए, भेडाको बगलमा मिसाइयो 
आफ्ना सन्चित प्रतिभा बिर्से मरेर गयो । 
स्वाभिमान लुटियो, 
थोरै पैसा तर ठूलो, मन बुझाउने बाहना 

के हो दसैं के हो तिहार ? के हो ऋतु के हो बहार ?
पिजडाको सुगा 
फोनमा बोल्दा 
भेट्न मन लाग्ने 
अन्तिम हो कि, शुरु हो ? जिन्दगीको यात्रा? 
जिउनै जानि न कि? सिक्दै छु ?
तर बर्तमान भेटे मुग्लानमा 
देख्दिन भबिष्य, र छैन पनि 
त्यसैले बोल्छु 
भविश्य निस्चित हुनुपर्छ 
प्रबासमा बर्तमान भेटे पनि भोली को ठेगाना छैन 
अनी अत्मा कदापी खुसी रहन्न 
अमिलो हुन्छ बचाइ जिन्दगीको ..  

Dasharatha Rumdali 
Qatar...

आमा उभौलिमा
    
आमा उभौलिमा घर फर्की आउनेछु 
आप्पा साकेलामा शुभ अशिस थाप्नेछु 
मामा उभौलिमै माउलिघर टेकुला 
माउली नातागोता त्यहिबेला भेटौँला 


काटमार बली नहोस हाम्रो भेटमा 
फलफूल अन्न मात्र पसोस पेटमा 
रङ्गी चङ्गी कपडा घर पनि छेपौला
लिङ्गे पिङ रोटेपिङ यै बेला खेलौला 


कोप्पा आफ्नै सृस्टीको मुन्धुम सुनाउनु 
कोकुले मिठो धुन बिनायो बजाउनु    
चेली तिहारमा मै पनि माला उन्नेछु
जानी नजानी मखमली थुङ्गा तुन्नेछु  


बलिराज पुकार्दै देउसिरे खेलौला 
घरघरै सुस्वास्थ्यको कामना बाडौला 
दाजुभाइ साथी र सङ्गी गरौला दाई 
चाढाऔ श्रद्दा पूजा गरौ यही भूमिलाई