हाम्रो गन्तब्य टाढा छ ।

देश बनाउनुभन्दा पहिला आफुलाई बनाऔ। खाना, योगा, धैर्य , नयाँखोज ,आत्मबिश्वास...आदिलाई मन्त्र बनाऔ ।
बगोस् पसिना माटोमा, के दिन सक्दैन माटोले ? मात्र रोप्ने प्रयास गरौ । आज हजारौं यस्ता चिउरीबास पर्खिरहेकाछन् केबल तपाईंलाई ।

Tuesday 31 January 2012

लघु कथा "मेरो गाउको नाम"



 आज भन्दा १५० बर्ष अगाडि मेरो गाउ जङ्गल नै जङ्गलले भरिभराउ थियो, जहाँ दिउसै बाघ कराउथ्यो तर आज कमिला हिंडेको पनि देखिन्छ। यहाँ थुप्रै रुखहरु अझै पनि पलाइरहन्छ जुन पहिले देखिनै अस्तित्वमा रहेको रहेछ। हाम्रा पुर्खाले यही खोरिया पाखामा हामीलाई मूलबासिको ढोका खोलिदिएर झुपडिमा बिभित मौलिकताको साथ हुर्काउनु भएको रैछ। त्यो बेला जताततै जङ्गली कन्दमुल पाइन्थ्यो रे त्यसैले ति फलफूलले पनि जिबन चल्दै आईरहेको रहेछ । त्यो बेला पातमा नै खानेकुरा खन्थे रैछ जुना बेला चिउरिको पात प्रचनलामा थियो रैछ त्यसै गरेर चिउरिको फल पनि अतिनै मिठो हुने भएकोले सम्पूर्ण हाम्रा पुर्खाहरु त्यो चिउरिको बोटलाई साह्रै माया गर्थे रैछ। यसरी चिउरी सँग राम्रो सम्बन्ध भएकोले त्यो बेला देखी मेरो गाउको नाम चिउरिबास नमाङ्कन गरिएको रहेछ। म अचेल एकोहोरिने गर्छु चिउरीबास नै किन भयो किन कटुसबास नभको होला ? किन चिलौनेबास? किन पटमेरोबास नभको होला किन बासबास नभको होला ? के अरु रुख चै के कम छ र ? के अरु रुखको चै अस्तित्व छैन? हेर्छु सबै रुख हामीलाई उतिकै महत्वपूर्ण छ । के चिउरिबास भन्दैमा अरुखलाई निमिट्यन्न पार्दा मेरो जिबन सम्भब छ ? म मनको भावना बाट चेतन्मनमा आएर झस्किन्छु, त्यो चिउरिले अरु रुखलाई केही भनेको छैन अनी त्यो त्यो कटुस चिलाउने अन्य रुख हरु पनि चिउरिबासे रुख हुँ म भन्दै हावामा बार्षौ देखी हाल्लिरहेको देखे कती राम्रो हराभरा हरियाली बातावरण अनी ति सम्पूर्ण रुखले रितुअनुसार आफुलाई नियममा राखिराखेको छ पात झर्दै मुना पलाउदै चरिलाई बास देकै छ। चिउरिसँग अली नजिक जिबन भकोले पुर्खाले नामाङ्कन गरेछन तर पनि मैले सम्पूर्ण रुखलाई उतिकै माया गर्नु पर्छ। यतिकैमा मेरो कान रेडियोमा पुग्छ त्यहा बारीष्टहरु सङ्घियको बारेमा मोलमोलाई गर्दैगरेको बहस सुने बिबाद सुने र मनमनै कामना गरे मेरो गाउको झै नामङ्कन होस् पछील्लो नेपाल सम्रचनाहरु ।

Monday 5 December 2011

जनज्योति र चिउरिबासे

दशरथ बाहिङ/हाल कतार
शिक्षा भनेको ज्योति हो । विध्यालय भनेको त्यही ज्योति प्रप्त गर्ने थालो हो, घर हो र मन्दिर हो। जनज्योति जनताको बास्तबिक
ज्योती हो यो दिनाद्नुदिन ज्योतिर्मय भएर जाने तिब्र गतिमै छ ।२०४३ साल देखी चिउरीबासको हरेक घरधुरिका संतानलाई प्रारम्भिक ज्ञान दिदै आइरहएको छ । यो बिध्यालय स्थापित हुनुभन्दा अगाडी यहाका केही बालबच्चाले पढ्नको लागि कस्ट भोग्दै डाडापारी धाउनुपरेको पनि तितो इतिहास सुनाउछन हाम्रा अग्रजहरु । कुनैबेला लामीडाँडा स्कुलबाट फर्कदा उत्तरकुमार राइ बाल्यबस्थामा लङ्गुर खोलाले बगाएर केही तल पुगी  पारी तर्न सफल भएको जस्ता घटनाहरू पनि अझै जिउदै छ । यो जनज्योति नहुने हो भने कति बालबच्चालाई  त्यो लुङ्गुर खोलाले बगाइरहन्थ्यो होला । तर धन्य छ आज यो जनज्योती।

Thursday 11 November 2010

चिउरीबास परिचय:-

मुग्लानमा छु तर गजलसँग पुग्छु गाउमा  ||
शेरको शब्दहरुमा अतित्सँग हुन्छु गाउम||
नेपालको पूर्वी उत्तरमा अबस्थित पहाडी जिल्लाहरु मध्ये एक जिल्ला हो खोटाङ जिल्ला यो जिल्ला नै हाम्रो जिल्ला हो यो जिल्लाको भौगोलिक परिवेश हेर्ने हो भने बिकट नै मानिन्छ ।यो जिल्लाको सदरमुकाम दिक्तेलबाट करिब , घण्टा हिंडेपछि पुगिने उत्तरपस्चिमको गाउँ नै चिउरीबास हो जो हावाइमैदान अबस्थित लमिडाँडा गविस अन्तर्गत पर्दछ ।यो चिउरिबास गाउँ लामिडाँडा तिरै फर्किएको अली कोल्टे गाउँ मानिन्छ सेपिलो भएकोले अली हरियो सगपात प्रसस्त पाईन्छ बिस्तारै सडकको सन्जाल फैलिने पनि तयारीमा भने २०६४ साला देखी नै हरेक घरधुरिले बिद्युतको उपयोग गर्दै आइरहेको यस गाउँको मुटुमा एक प्राथमिक बिद्यालय स्थापना गरिएको जसको नामाङ्कन श्री जनज्योती प्राथमिक बिद्यालय गरिएको ।यसले नै चिउरीबासेलाई शिक्षाको द्वार खोलिदिदै आइरहेको    यो बिद्यालय नमुना बिद्यालयको रुपमा पनि परिचित यस बिद्यालय भौतिक रुपले पनि निकै धनी करिब जीवनको आधा बसन्त अध्यापनमा  नै बिताइसकेको ईन्द्र कुमार राई यस बिद्यालयको प्र ब्याबस्थापक छन



यो  गाउँ बिभिन्न उपनामले पनि बिभजित जो निम्न छन

 :-   कस्तुरी     = दुमी,  बाहिङ(देबुछा)
: -  मयूर्खर्क   = बहिङ (मुपुचा थुलुङ
:-  माझगाउँ   = थुलुङ
 :-  तल्लगाउँ  = थुलुङ
 :- बाजगरा  सार्की
६ :-  रानीबासनेवार
यसरी बिभिन्न जातजाति टोलको सम्मिश्रन हो चिउरिबास
आर्थिक पक्ष बिकास

नेपाल एउटा कृषिमा निर्भर देश भएकोले अधिक्तम जनताहरु कृषक छन्।स्वभावैले  पनि पहाडी क्षेत्रका नेपालीहरु पूर्ण रुपले खेतिमै निर्भर छन्। चिउरिबास पनि कुनै दोस्रो ब्यवसायमा निर्भर नभएर पूर्ण रुपमा