हाम्रो गन्तब्य टाढा छ ।

देश बनाउनुभन्दा पहिला आफुलाई बनाऔ। खाना, योगा, धैर्य , नयाँखोज ,आत्मबिश्वास...आदिलाई मन्त्र बनाऔ ।
बगोस् पसिना माटोमा, के दिन सक्दैन माटोले ? मात्र रोप्ने प्रयास गरौ । आज हजारौं यस्ता चिउरीबास पर्खिरहेकाछन् केबल तपाईंलाई ।

बाहिङ




काठमाडौं, माघ २२ । राजधानीमा आयोजना भएको बाहिङ किरात मुलुखिमको ७औं वार्षिकोत्सवले अध्यक्षमा जुद्ध बाहिङ निर्वाचित गरेको छ । शनिबार सम्पन्न बन्दसत्रले दुईवर्षे कार्यकालको लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 
मुलुखिमको उपाध्यक्षहरुमा कुमारजित वाहिङ, प्रेम वाहिङ, प्रमिला वाहिङ, महासचिवमा धिरेन वाहिङ, सचिवमा पुष्पराज वाहिङ र कोषाध्यक्षमा सजना वाहिङ निर्विरोध चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कृष्णामाया वाहिङ, भला वाहिङ, रविन वाहिङ, युवराज वाहिङ, अमृत वाहिङ, राजबीर वाहिङ, थिरराज वाहिङ, मुलिराज किराती, बलराज वाहिङ र काजीमान वाहिङ हुनुहुन्छ । 
वार्षिकोत्सवबाट सामुहिक सारिखम बनाउने अवधारणा पास गरेको छ भने नीना¥याङ्मा नामक सामुहिक सहकारी खोल्ने,  बाहिङ भाषाको शब्दकोष निर्माण गर्ने तथा हेङ ड्रकुमेन्ट बनाउने पास भएको बताइएको छ । गत शुक्रबारदेखि राजधानीको संस्कृत हलमा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन सभासद् प्रमिला राईले गर्नुभएको थियो । 

काठमाडौं, माघ २० । समग्र बाहिङहरुको छाता संगठन बाहिङ किरात मुलुखिम्को ७औं वार्षिकोत्सव राजधानीमा सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार राजधानीको संस्कृत हलमा सम्पन्न भएको हो । 
सभासद् प्रमिला राईको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको उक्त कार्यक्रममा देशविदेशमा रहेका बाहिङ समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले बाहिङहरुको पहिचान र अधिकारको लागि एकता आवश्यक रहेको उल्लेख गरे ।  


भाषा बचाउ“दै मोरिन

    कुम्भराज र्राई




    ओखलढुंगा, वैशाख २३ -

    'भाषाको विशेषता केलाउनु सजिलो काम होइन । विषय त्यही रोजेपछि त्यत्ति झन्झट पनि हुन्न ।' सिंगापुरे भाषाशास्त्री मोरिन विलिको ठम्याइ छ । नौ वर्षेखि पर्ूर्वी पहाडमा छिन् उनी ।



    सिंगापुरमा जन्मिएर बेलायतमा हर्ुर्केकी विलिले कान्स विश्वविद्यालयबाट सामाजिक भाषा अध्ययनमा स्नातकोत्तर गरेकी छन् । उनले झन्डै ३३ वटा किरात भाषाहरूमध्ये बाहिङ र्राई रोजिन् । 



    बाहिङ र्राई भाषाकै अध्ययन किन त - 'यो भाषा अत्यन्तै प्राचीन र सामाजिक भएकै कारण हो,' उनी भन्छिन्, 'यस भाषामा बृहत् अध्ययन कसैले नगरेको कारण पनि थप इच्छा भएको हो ।' 



    उनको रोजाइप्रति भाषाविद् प्रा. डा. नोबलकिशोर र्राई विश्वस्त थिएनन् । समयले फेरो मारिसकेको छ । नौ वर्षघि ओखलढुंगा आइपुगेकी विलिले जिल्लामै बसेर बाहिङ भाषा अभ्यासस“गै अध्ययन सुरु गरिन् । निरन्तर प्रयासको प्रतिफल अहिले बाहिङ भाषा खररर बोल्न र सररर लेख्न सक्छिन् । 



    विलिले गाउ“गाउ“मा गएर नेपाली पनि बोल्न नजान्ने विदेशी महिलाले बाहिङ भाषा अध्ययन गर्दा गाउ“ले छक्कै पर्थे । 'अहिले आफ्नै दिदीबहिनी जस्तै लाग्छ,' स्थानीय हेमालक्ष्मी र्राईले भनिन्, 'हामी जत्तिकै बोल्न सक्छिन्, विदेशी पनि होइनझैं लाग्छ ।' 



    उनकै सहयोगमा भर्खरै बाहिङ भाषाको वर्ण्र्ााला र इक्के कथा -हाम्रो कथा) पुस्तक प्रकाशनमा आएको छ । बाहिङ किरात मुलुखिम संस्था मातृभाषा संरक्षणको संवाहक बनेको छ । 'अहिले मोरिन दिदी हाम्रो भाषा अध्ययनमा मात्रै होइन संस्कृति जगर्ेना र संरक्षणमा समेत प्रेरणा बन्नुभएको छ,' अध्ययन टोलीमा संलग्न युवा ताराहाङ र्राईले भन्छन् । विलिको योगदानलाई लिएर जिल्लामा सम्मान गरिएको छ । 



    हुन त सन् १८५७ मै बेलायती अन्वेषक ब्रायन हुटन हड्सनले बाहिङ भाषाको अध्ययन गरी शब्दकोश प्रकाशन गरेका थिए । तर बाहिङ भाषा अस्तित्वमा आउन सकेन । यसो त सुषुप्त अवस्थामा रहेको बाहिङ भाषाको थप विकासका निम्ति युवा पत्रकार धीरेन्द्र रूम्दालीले 'चासीवा' पत्रिका दर्ता गरेका छन् ।



























































    BAHING DOCHA(paachha)


    Khaluwa, Rungbu, and Rendu:
    Tamrocha, Hojupacha, Yumbucha, Diburcha, Dungmocha, Mupucha, Reke(roke), Dilingbacha, Piyacha, Rawallocha, Myarsacha, Prongmocha, Kharadiburcha, Nambyarsacha, Sechocha, Luticha/Lutichha, Hangucha, Moplocha, Hwalindi, Munari, Tonimi, Susto/Sustocha, Ripocha, Tolacha, Jailung, Muliwa, Rimansacha, Kharayulcha, Phyakticha and Gyaldarcha. There are more than 59 clan(docha) of Bahing.






    No comments:

    Post a Comment