गीत
सर्मायौ कि ! बेहुलीको घुम्टो ओढिदा
सिउदो सँग साटिएको नाता जोडिदा
पराईको साथ रोज्नु तिम्रो कर्म अरे
नयाँ घर बसाउनु तिम्रो धर्म अरे
तर्सियौ की ! जिन्दगीको बाटो मोडिदा
सिउदोसँग साटिएको नाता जोडिदा
सृष्टी धान्न आफूलाई फूलाउनु पर्ने
रित रैछ भवरालाई डुलाउनु पर्ने
झस्कियौ कि ! माली पसी फूल गोडिदा
सिउदोसँग साटिएको नाता जोडिदा
- बोधे ९ धनकुटा
हाल: मलेसिया
सिउदो सँग साटिएको नाता जोडिदा
पराईको साथ रोज्नु तिम्रो कर्म अरे
नयाँ घर बसाउनु तिम्रो धर्म अरे
तर्सियौ की ! जिन्दगीको बाटो मोडिदा
सिउदोसँग साटिएको नाता जोडिदा
सृष्टी धान्न आफूलाई फूलाउनु पर्ने
रित रैछ भवरालाई डुलाउनु पर्ने
झस्कियौ कि ! माली पसी फूल गोडिदा
सिउदोसँग साटिएको नाता जोडिदा
- बोधे ९ धनकुटा
हाल: मलेसिया
गजल
रहर जत्ती सुकाको छु, तिम्रो शहरमा !
ईच्छाहरु लुकाको छु, तिम्रो शहरमा !!
ईच्छाहरु लुकाको छु, तिम्रो शहरमा !!
चिन्दिन म भन्यौ,माफी भए गल्ती तिम्रा,
आँफै शिर झुकाको छु,तिम्रो शहरमा !!
नाता मेरा कोही छैनन्, र त ओहदामा,
थुप्रै मौका चुकाको छु,तिम्रो शहरमा !!
आँफै शिर झुकाको छु,तिम्रो शहरमा !!
नाता मेरा कोही छैनन्, र त ओहदामा,
थुप्रै मौका चुकाको छु,तिम्रो शहरमा !!
बनावटी देखे सबै,अनी यस्तो गरे,
हाँसो मात्रै फुकाको छु, तिम्रो शहरमा !!
हाँसो मात्रै फुकाको छु, तिम्रो शहरमा !!
अप्ठ्यारोमा पर्यो कोही,हाँस्ने मिल्छ निहुँ,
धेरै मन दु:खाको छु,तिम्रो शहरमा !!
धेरै मन दु:खाको छु,तिम्रो शहरमा !!
दाङ्सिङ, नुवाकोट, हालः काडमाडौँ ।
