मुग्लानमा छु तर गजलसँग पुग्छु गाउमा ||
शेरको शब्दहरुमा अतित्सँग हुन्छु गाउम||
नेपालको पूर्वी उत्तरमा अबस्थित पहाडी जिल्लाहरु मध्ये एक जिल्ला हो खोटाङ जिल्ला । यो जिल्ला नै हाम्रो जिल्ला हो । यो जिल्लाको भौगोलिक परिवेश हेर्ने हो भने बिकट नै मानिन्छ ।यो जिल्लाको सदरमुकाम दिक्तेलबाट करिब ४ , ५ घण्टा हिंडेपछि पुगिने उत्तरपस्चिमको गाउँ नै चिउरीबास हो । जो हावाइमैदान अबस्थित लमिडाँडा गविस अन्तर्गत पर्दछ ।यो चिउरिबास गाउँ लामिडाँडा तिरै फर्किएको अली कोल्टे गाउँ मानिन्छ । सेपिलो भएकोले अली हरियो सगपात प्रसस्त पाईन्छ । बिस्तारै सडकको सन्जाल फैलिने पनि तयारीमा छ भने २०६४ साला देखी नै हरेक घरधुरिले बिद्युतको उपयोग गर्दै आइरहेको छ । यस गाउँको मुटुमा एक प्राथमिक बिद्यालय स्थापना गरिएको छ । जसको नामाङ्कन श्री जनज्योती प्राथमिक बिद्यालय गरिएको छ ।यसले नै चिउरीबासेलाई शिक्षाको द्वार खोलिदिदै आइरहेको छ । यो बिद्यालय नमुना बिद्यालयको रुपमा पनि परिचित छ । यस बिद्यालय भौतिक रुपले पनि निकै धनी छ । करिब जीवनको आधा बसन्त अध्यापनमा नै बिताइसकेको ईन्द्र कुमार राई यस बिद्यालयको प्र अ र ब्याबस्थापक छन ।
यो गाउँ बिभिन्न उपनामले पनि बिभजित छ । जो निम्न छन ।
१ :- कस्तुरी = दुमी, बाहिङ(देबुछा)
२ : - मयूर्खर्क = बहिङ (मुपुचा ) र थुलुङ
३ :- माझगाउँ = थुलुङ
४ :- तल्लगाउँ = थुलुङ
५ :- बाजगरा = सार्की
६ :- रानीबास = नेवार
यसरी बिभिन्न जातजाति र टोलको सम्मिश्रन हो चिउरिबास
आर्थिक पक्ष र बिकास
चिउरीबासलाई भौगोलिक आधारमा ३ भागमा बड्न सकिन्छ । शिर भाग , मध्य भाग , पुछार भाग। शिरतिर कस्तुरी , रानीबास, मयुर्खर्क, पर्दछन् । यहाको माटो त्यति मलिलो मानिन्दैन र यो अली सेपिलो भाग पनि हो । तर यहाँको जङ्गल नजिक पर्ने भएकोले स्याउलाको राम्रो सुबिधा छ त्यसैले यहाको माटोमा अत्यधिक कोम्पोस्ट मलको प्रयोगले नै खेति सम्भब छ । मयुर्खर्कको पुछार तिर केहीमत्रामा धान खेति पनि पाईन्छ।चिउरीबासको मध्य भाग अन्तर्गत माझ गाउँ र तल्ल गाउँ पर्दछ । जहाँ खेतिको लागी औसतमा राम्रै खेतियोग्य जमिन मानिन्छ । चिउरीबासको तराइ भन्दा फरक नपर्ने भूमी हो बाजगरा, जो चिउरीबासको पुछार भागमा पर्दछ । धान खेति प्रसस्त हुने यो ठाउँको दाँया बाँया लङ्गुर खोला र खोटे खोला बगेको हुनाले सिन्चाईको राम्रो ब्यबस्था छ । यो जग्गाको वरिपरी सार्की जाति बसोबास गरेपनि उनिहरुको जग्गा कमै मात्र छ प्रायजसो जग्गा माझ्गाउ र तल्ल गाउको पर्दछ ।जो प्रायजसो मलायो र इन्डियाको लाउरे थिए । जो कस्तुरीको एकजना छन् ।
यो गाउँ अलि बिकट भएपनि यहाँको शिक्षित सङ्ख्या राम्रै नै छ । प्राबिधिक ज्ञानमा भने न्युन उपस्थिती रहेको छ।तर पनि अबको युवहारुको गहिरो चासो बढ्दै गईरहेको देखिन्छ।गाउँमै प्राथमिक स्तरको शिक्षा हसिल गरेर कोही अर्खौले बाट त कोही लामिडाँडा भञ्ज्याङबाट निम्न र माद्यामिक स्तरको पढाई सकेर उच्च शिक्षाको लागि बाहिरिने गर्दछन् । तर माथि उल्लेखित दुवै ठाउमा माद्यामिक तहको पढाई नहुँदा बुइपा भाडामा कोठाबसी घरबाट नै चामल, तरकारी बोकेर मेहनत गरेको कुरापनी तत्कालिन विद्यार्थीहरुले सुनाउने गरेको पाईन्छ । यसरी चिउरीबासेहरु शिक्षाको क्षेत्रमा निकै लगानी गरेको पाईन्छ।
प्रतिस्पर्धात्मक शिक्षाको यूगमा शिक्षाको पहुँच नपुगेको मान्छेमा सफलताको बाटोहरु सधैं टाढा हुन्छ भन्ने कुरो चिउरिबासको यूवाहरुले राम्रैसँग बुझेका छन् । यसैकारणले उच्च शिक्षा हसिल गर्नेहरुको सङ्ख्या बढ्दो छ । पढाई भन्ने बित्तिकै जागिरको एक जननी जस्तै भएको छ त्यसैले जो पढ्छ उसले जागिर खानुपर्छ भन्ने पुरानो मन्यता अझपनी यो गाउँमा प्रचलित छ । त्यसैले जागिरको सिलसिलामा नयाँ ज्ञानको खोजिमा यूबाहरु शहरतिर पलायन हुनेको सङ्ख्या उच्च हुँदै गैरहेको छ। र यो समयको माग जस्तै नै भाईसकेको छ। सिमित स्रोत र साधनले बढ्दो अवस्यकता परिपूर्ति नहुने भएकोले मन नहुँदै पनि आफ्नो प्यारो जन्मथलो छोड्न वाध्य छन् चिउरीबासेहरु ।
पूर्खाहरुको पालामा कोही लाउरे थिए त कोही जागिरे , जस्को अर्थिक अवस्था मजबुत थियो ।
चिउरिबासका बसिन्दाहरु अर्थिक रुपमा केही असमान नै थिए र छ । यो चिउरिबास अली कोल्टे परेकोले यहाँका कुनैपनी ठाउँ ब्यापारिक दृष्टिले योग्य छैन त्यसैले यहाँ आम्दामिको स्रोत भनेको मात्र जागिर र खेती हो । यहाँको मनिसहरु ब्यापारमा शून्य छन् । तरपनी एक दुइजनाले ब्यापारलाई पनि निरन्तरता दिदैआइरहेकोछ पाईन्छ । यो क्षेत्रबाट मात्रै पनि जिबन धान्न काठिन भएको उहाको भनाइ छ ।
चिउरिबासका बसिन्दाहरु अर्थिक रुपमा केही असमान नै थिए र छ । यो चिउरिबास अली कोल्टे परेकोले यहाँका कुनैपनी ठाउँ ब्यापारिक दृष्टिले योग्य छैन त्यसैले यहाँ आम्दामिको स्रोत भनेको मात्र जागिर र खेती हो । यहाँको मनिसहरु ब्यापारमा शून्य छन् । तरपनी एक दुइजनाले ब्यापारलाई पनि निरन्तरता दिदैआइरहेकोछ पाईन्छ । यो क्षेत्रबाट मात्रै पनि जिबन धान्न काठिन भएको उहाको भनाइ छ ।
आर्थिक स्थिती कम्जोर भएका घरले जाँड रक्सी अनी सुगुर , कुखुरा बेच्बिखन नै प्रमुख आम्दामीको स्रोत थियो।
अझ पनि प्राचिन तरिकाले नै खेति गर्ने चलन छ । यहाँ कुनै पनि प्राबिधिक खेति प्रणाली भित्र्याइएको छैन । अझसम्म पनि बैज्ञानिक प्रणाली अपनाइएको छैन यो अली दु:ख लाग्दो कुरो हो । वास्तवमा बिकासका आधारभूत क्षेत्रको पहुँच नहुँदा दक्ष जनशक्तिको कुनै अर्थ नहुदोरहेछ।
शिक्षित र दक्ष जनशक्ति बढ्दै जादा गाउँमै कुनै पनि नयाँ ढंगको शिप प्रयोग गरेको पाइदैन । बरु योग्यतालाई बोकेर पलायन हुने लहर बध्दो छ । हुन त यो भूमीमा फल काम र श्रम बढी हुने भएकोले यसमा भविस्य ज्यादै कस्टकर हुने निस्चित छ त्यसैले यूवाहरु पलायन हुने र बिदेशिने क्रम बढ्दो छ । प्रायजसो प्रत्येक घरबाट बिदेशिएका छन् ,भने कोही इन्डिया , र नेपाल आर्मिमा पनि कार्यरत छन् । आधुनिक जिबनोन्मुख चिउरीबासेहरु पैसालाई प्राथमिक्ता दिन थालेको पाईन्छ । अब मुस्किलले एस् एल सी गरेर पैसातिरै धल्केको देखिन थालिएको छ । पढेर केहीपनी नहुने नहुने भन्नेको सङ्ख्या नयाँ पुस्तामा हावी भएको पाईन्छ । उच्च लेभल हासिल गरिसकेको बौधिक ब्यक्तिहरुपनी बिदेशिएकोले उच्च शिक्षाप्रति निराशाजनक सोचाइ बढ्दै गैरहेको पाउछौ।
अहिलेको अवस्थामा सबैभन्दा बढी चिउरीबासमा रेमिट्यान्स बाट नै आर्थिक धानेको छ तत्काललाई यही नै आम्दामिको स्रोत मानिएको छ।
चिउरीबासे भनी जती बाहिर हाइ हाइ र चर्चा भए पनि आन्तरिक रुपमा त्यति परगतिशिल पाइदैन। यसमा सबै कारण भौगोलिक बिकता नै हो भन्ने ठहर छ । के अब नयाँ जिबनको लागि चिउरीबासको भविष्य सकिएको हो त ? अब चिउरीबास कुनै सम्भावनाविहिन मरभूमि सरह हुने हो त ? यो प्रश्नको जवाफ अत्यन्तै जटिल लाग्छ। र यसको जवाफ आयो भने त्यो बेला आउला जब चिउरिबसले वार्को पार निकास पाउछ। नत्र यस्ता प्रश्न अनुरित रहिरहने छन् , र यो चिउरीबास कुनैबेला चराले बचेँरा हुर्काउन बनाएको गुँडसरी हुनेछ ईतिहासमा ।
हाय ! चिउरीबास ।
जन्मभुमिनै जिबन सागरको मुहान भएकोले कहा
बिर्सन सकिन्छ र यसलाई सजाउन र यसको मुल्य तिर्न हरदम बाचिरहनेछ छ यो जिबन ।
.........!!!!!!!!!!!!!!!.......
बिर्सुंभन्दा बिर्सन नसकुँ तिम्रै सम्झना आइरहोस् चिउरीबास
मार्छुभन्दा मार्न नसकुँ तिम्रै माया लाइरहोस् चिउरीबास
वर्तमानमा रम्न नसकु अतीतको याद आइरहोस् चिउरीबास
मुटुभरि जतासुकै तिम्रै माया छाइरहोस् चिउरीबास
पानीले तिर्खा मेट्न नसकुँ तिम्रै प्यास लाइरहोस् चिउरीबास
मुटुभरि जतासुकै तिम्रै माया छाइरहोस् चिउरीबास
तिम्रै माया छाइरहोस् !! छाइरहोस् !! छाइरहोस् !!
No comments:
Post a Comment