हाम्रो गन्तब्य टाढा छ ।

देश बनाउनुभन्दा पहिला आफुलाई बनाऔ। खाना, योगा, धैर्य , नयाँखोज ,आत्मबिश्वास...आदिलाई मन्त्र बनाऔ ।
बगोस् पसिना माटोमा, के दिन सक्दैन माटोले ? मात्र रोप्ने प्रयास गरौ । आज हजारौं यस्ता चिउरीबास पर्खिरहेकाछन् केबल तपाईंलाई ।

Monday 5 December 2011

जनज्योति र चिउरिबासे

दशरथ बाहिङ/हाल कतार
शिक्षा भनेको ज्योति हो । विध्यालय भनेको त्यही ज्योति प्रप्त गर्ने थालो हो, घर हो र मन्दिर हो। जनज्योति जनताको बास्तबिक
ज्योती हो यो दिनाद्नुदिन ज्योतिर्मय भएर जाने तिब्र गतिमै छ ।२०४३ साल देखी चिउरीबासको हरेक घरधुरिका संतानलाई प्रारम्भिक ज्ञान दिदै आइरहएको छ । यो बिध्यालय स्थापित हुनुभन्दा अगाडी यहाका केही बालबच्चाले पढ्नको लागि कस्ट भोग्दै डाडापारी धाउनुपरेको पनि तितो इतिहास सुनाउछन हाम्रा अग्रजहरु । कुनैबेला लामीडाँडा स्कुलबाट फर्कदा उत्तरकुमार राइ बाल्यबस्थामा लङ्गुर खोलाले बगाएर केही तल पुगी  पारी तर्न सफल भएको जस्ता घटनाहरू पनि अझै जिउदै छ । यो जनज्योति नहुने हो भने कति बालबच्चालाई  त्यो लुङ्गुर खोलाले बगाइरहन्थ्यो होला । तर धन्य छ आज यो जनज्योती।


यस्ता बिभिद समस्याहरुलाइ किनारा लगाउदै आज चिउरीबासेको बालबच्चाले सुबिधाजनक ढङ्गले शिक्षा आर्जन गरिरहेको छन । आज कति  बालबालिकाको कलिलो र स्वच्छ मस्तिस्क त्यसै बाझो हुन्थ्यो होला तर आज चिउरिबासेको माझमा यो जनज्योती पाउदा अत्यन्त भाग्यमानी ठानेका छौ।

यो बिध्यालयको जन्म हाम्रा बाबा आमा दिदी दाईहरुले आफ्नै सन्तानको लागि गाउ गाउ डुली चन्दा मागेको कुरा पनि उतिकै अबिश्मरणिय र मर्मस्पर्षी छ । आफु किताबी ज्ञानमा पछी परेकोले यो समयमा धेरै कुरामा पछि परेको हुनाले भाबी सन्तानले त्यो भोग्न नपरोस भनेर भावी सन्ततीको लागि दिनुभएको योगदानले नै आज हामी छोराछोरी शिक्षित भैरहेका छौ । ति सम्पूर्ण महान अभिभावकलाई हामी सधै हृदय देखि  सलाम गरिरहन्छौ । यसरी स्थापित यो बिध्यालय आज सरकारी रुपमै स्थानिय ब्याबस्थापकको समरक्षण,सम्बर्धन,सकृयतामा निरन्तर अघी  बढीरहेको छ । यो बिद्यालयसँग श्री इन्द्रकुमार राई र हिराबहादुर राईको निकै गहिरो सम्बन्ध छ। उहाहरुको योग्दान र सकृयताले नै आज दिन दिनै यो बिध्यालय गुणस्तरिय हुदै गैरहेको छ ।
समय सापेक्ष बन्दै गइरहेको उक्त बिध्यालय गा.बि.स. भरिकै नमुना बिध्यालय बन्न सफल भएको छ । सफा खाने पानी , शान्त बातावरण,हरियाली,सौचालय,मजबूत भवन फर्निचर,साथै कम्पुटर कक्षा सन्चालन जस्ता कुराले यो बिध्यालय हरेक पक्ष बाट सुसम्पन्न छ।

बिभिन्न समयमा चिउरिबासका बालबालिका देखि यूवा र प्रोढले पनि थुप्रै ज्ञान यही बिध्यालयको छत्रछायामा प्राप्त गरिरहेकाछन । यो चिउरिबासेको लागि त विस्वबिध्यालय जतिकै साबित भएको छ। यहाका यूवा जमातको प्रयासमा बिभिन्न  मनोरन्जनात्मक कार्यक्रम र चेतनामूलक कार्य पनि यसै बिध्यालयको प्राङ्गणमा बाड्दै आइरहेको छन ।

देशको परिस्थितीलाई टेवा पुर्याउने प्रारम्भिक शिक्षाको जग्गा भएकोले मूल कुरोको अधार निर्माण गर्न बिभिन्न शिक्षाबिद, बुद्धिजिबि, अनुभबिवार्गबाट आवश्यक थप सल्लाह र सुझाब लिएर विद्यार्थी अझ समाज प्रति,सस्कारप्रति,रास्ट्रप्रति,माटोप्रति,उत्तरदायी बनाउने काम तिब्र हुनुपर्दछ । चिउरिबास किरात बस्ति भएकोले अबको राष्ट्रिय चर्चाको र चासोमा आएको मातृभाषा आफ्नै लोपोन्मुख सम्पती किरात भाषाको लिपी पनि प्राथमिक स्तरबाट नै  सिकाउन थाल्नु पर्ने अति नै जरुरी भएकोले अगामी दिनमा यसको थालनी छिटो हुनुपर्ने महसुस भैरहेको छ ।

यसरी अझ भविष्यमा जनमुखि,प्रगतिशिल भई स्पस्ट लक्ष निर्धारण गर्न सक्ने विद्यार्थीको जन्म गरिरहोस्, चिउरीबासलाइ सधै असल जनशक्तिको पुर्वाधार खडा गरीरहोस भन्ने सदा सदा कमना गरिरहन्छौ हामी चिउरिबसेहरु ।

लामिडाँडा -३ चिउरिबास स्थित जनज्योति प्राथमिक बिद्यालयको २५ औ जन्मदिवसको अबसरमा समर्पित   

No comments:

Post a Comment