हाम्रो गन्तब्य टाढा छ ।

देश बनाउनुभन्दा पहिला आफुलाई बनाऔ। खाना, योगा, धैर्य , नयाँखोज ,आत्मबिश्वास...आदिलाई मन्त्र बनाऔ ।
बगोस् पसिना माटोमा, के दिन सक्दैन माटोले ? मात्र रोप्ने प्रयास गरौ । आज हजारौं यस्ता चिउरीबास पर्खिरहेकाछन् केबल तपाईंलाई ।

Tuesday 31 January 2012

लघु कथा "मेरो गाउको नाम"



 आज भन्दा १५० बर्ष अगाडि मेरो गाउ जङ्गल नै जङ्गलले भरिभराउ थियो, जहाँ दिउसै बाघ कराउथ्यो तर आज कमिला हिंडेको पनि देखिन्छ। यहाँ थुप्रै रुखहरु अझै पनि पलाइरहन्छ जुन पहिले देखिनै अस्तित्वमा रहेको रहेछ। हाम्रा पुर्खाले यही खोरिया पाखामा हामीलाई मूलबासिको ढोका खोलिदिएर झुपडिमा बिभित मौलिकताको साथ हुर्काउनु भएको रैछ। त्यो बेला जताततै जङ्गली कन्दमुल पाइन्थ्यो रे त्यसैले ति फलफूलले पनि जिबन चल्दै आईरहेको रहेछ । त्यो बेला पातमा नै खानेकुरा खन्थे रैछ जुना बेला चिउरिको पात प्रचनलामा थियो रैछ त्यसै गरेर चिउरिको फल पनि अतिनै मिठो हुने भएकोले सम्पूर्ण हाम्रा पुर्खाहरु त्यो चिउरिको बोटलाई साह्रै माया गर्थे रैछ। यसरी चिउरी सँग राम्रो सम्बन्ध भएकोले त्यो बेला देखी मेरो गाउको नाम चिउरिबास नमाङ्कन गरिएको रहेछ। म अचेल एकोहोरिने गर्छु चिउरीबास नै किन भयो किन कटुसबास नभको होला ? किन चिलौनेबास? किन पटमेरोबास नभको होला किन बासबास नभको होला ? के अरु रुख चै के कम छ र ? के अरु रुखको चै अस्तित्व छैन? हेर्छु सबै रुख हामीलाई उतिकै महत्वपूर्ण छ । के चिउरिबास भन्दैमा अरुखलाई निमिट्यन्न पार्दा मेरो जिबन सम्भब छ ? म मनको भावना बाट चेतन्मनमा आएर झस्किन्छु, त्यो चिउरिले अरु रुखलाई केही भनेको छैन अनी त्यो त्यो कटुस चिलाउने अन्य रुख हरु पनि चिउरिबासे रुख हुँ म भन्दै हावामा बार्षौ देखी हाल्लिरहेको देखे कती राम्रो हराभरा हरियाली बातावरण अनी ति सम्पूर्ण रुखले रितुअनुसार आफुलाई नियममा राखिराखेको छ पात झर्दै मुना पलाउदै चरिलाई बास देकै छ। चिउरिसँग अली नजिक जिबन भकोले पुर्खाले नामाङ्कन गरेछन तर पनि मैले सम्पूर्ण रुखलाई उतिकै माया गर्नु पर्छ। यतिकैमा मेरो कान रेडियोमा पुग्छ त्यहा बारीष्टहरु सङ्घियको बारेमा मोलमोलाई गर्दैगरेको बहस सुने बिबाद सुने र मनमनै कामना गरे मेरो गाउको झै नामङ्कन होस् पछील्लो नेपाल सम्रचनाहरु ।

No comments:

Post a Comment